व्यक्ति विशेष भनाइहरु

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका केहि अनमोल बिचारहरु पहिलो खण्ड

१. व्यक्तिहरु माझ त्यो देखाउनुस जो तपाईं हो, त्यो होइन जो उनिहरु चाहन्छन।

२. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।

३. जो साना मामिलामा सत्यलाई गम्भीरतापूर्वक लिदैन, ठूला मुद्दाहरुमा पनि यो विश्वास गर्न सकिदैन।

४. हामी सबै भगवान समक्ष बराबर बुद्धिमान छौं र बराबर मूर्ख पनि।

५. जीवनमा कुनै पनि गल्ती नगरेको मानिस त्यो हो, जसले कुनै पनि नयाँ काम गर्ने हिम्मत गरेन।

६. धर्म विना विज्ञान लंगडो घोडा जस्तै र विज्ञान विना धर्म अन्धो घोडा जस्तै हुन्छ ।

७. जब तपाईं कुनै राम्रो केटीसँग बस्नुहुन्छ, एक घण्टा एक मिनेट जस्तो लाग्छ। जब तपाईं बलेको तातो कोइलामा बस्नुहुन्छ, एक सेकेन्ड पनिएक घण्टा जस्तो महसुस हुन्छ। यो नै सापेक्षता हो।

महान वैजानिक एवं संसारका जिनिएस व्यक्ति अल्बर्ट आइन्स्टाइनसको जीवनी पढ्नुहोस्

८. दुई चीजहरू अनन्त छन्: ब्रह्माण्ड र मानिसको मूर्खता; र ब्रह्माण्डको बारेमा दृढतापूर्वक भन्न सकिदैन।

९. यहाँ केहि मानिसहरु मात्रै छन् जो उनीहरुका आँखाले देख्दछन् र हृदयले महसुस गर्छन्। कल्पना ज्ञान भन्दा बढी महत्त्वपूर्ण छ।

१०. एक सफल व्यक्ति बन्ने कोशिस नगर्नुहोस्, तर एक सिद्धान्त भएको व्यक्ति बन्ने प्रयास गर्नुहोस्।

११. महान आत्माहरूले सँधै निच विचारधारा भएका मानिसहरूको विरोधको सामना गर्नु परेको हुन्छ।

१२. यहाँ सबैजना जिनियस छन्। यदि कसैले माछालाई कसैले रुख चढ्न सक्दैन भनेर तुलना गर्छ भने त्यो उसको कमजोरी हो तर यदि माछाले म रुल्ह चढनु सक्दिन भनेर आफ्नो तुलाना अरु संग गर्छे र कोशिस गरिरहन्छ भने त्यो जिन्दगी भरी मूर्ख भएर बाच्छ।

१३. सबै धर्म, कला र विज्ञान एकै रूखका हाँगा हुन्।

१४. एउटा जहाज सँधै किनारमा सुरक्षित हुन्छ – तर यो त्यसको लागि निर्माण भने गरिएको होइन।

१५. जहाँ समस्या हुन्छ त्यहाँ समधान पनि हुन्छ। संसारमा कुनै समस्या छैन जस्को समाधान नहोस्।

१६. शिक्षा भनेको त्यो हो कुरा जुन स्कूलमा सिकाईएका कुराहरू बिर्से पछि याद हुन्छ।

१७. एउटा प्रश्न जुन कहिलेकाँही मलाई अलमल्लमा पार्दछ: म पागल छु वा अरु पागल हुन्न।

१८. जीवन साइकल चलाउने जस्तो हो। यदि तपाईंको सन्तुलन कायम गर्न चाहनुहुन्छ भन्र तपाईंलाई साईकल चलाई राख्नु पर्ने हुन्छ।

१९. जीवन बाँच्नका लागि केवल दुई तरिकाहरू छन्। एउटा यो हो कि केहि पनि चमत्कार नहोस् र दोस्रो, मानौं सबै चीज एक चमत्कार होस् ।

 यदि तपाईं सिक्न छोड्नु हुन्छ भने तपाईं मर्न सुरु गर्नु हुन्छ।

 

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका केहि अनमोल बिचारहरु पहिलो खण्ड

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!