व्यक्ति विशेष भनाइहरु

महान प्रवक्ता एवं विश्व विख्यात लेखक डेल कार्नेगीका अनमोल विचारहरु

१. यदि तपाईं निराश हुनुहुन्छ उत्साहित हुने कोशिस गर्नुहोस्। तेसो गर्नाले तपाईमा उत्साह जाग्ने छ।

२. कुनै पनि मूर्ख आलोचना, निन्दा, र गुनासो गर्न सक्छन् – र अधिक मूर्खहरूले यस्तै गर्छन् ।

३. के तपाई जीवनबाट बोर हुनुहुन्छ? त्यसोभए आफैलाई यस्तो कुनै काम गर्नुहोस् जुन तपाईं पूर्ण हृदयले विश्वास गर्नुहुन्छ। त्यसको लागि बाँच्नुहोस्, त्यसको लागि मर्नुहोस्, र तपाईंले यस्तो आनन्द/ खुशी पाउनुहुनेछ जुन तपाईंले सोच्नुभएको थियो र तपाईंलाई लाग्ने गर्थ्यो यो म कहिल्यै पाउन सक्दिन।

४. असफलतालाई सफलतामा बदल्नुहोस्। निराशा र असफलता, सफलताको बाटो आउने निश्चित संकेतहरू हुन्।

जब सम्म तपाईं के काम गर्दै हुनुहुन्छ त्यो काम मन पराउनु हुन्न तब सम्म तपाईंले  सफलता प्राप्त गर्न सक्नुहुन्न।

५. पहिले कठिन काम पूरा गर्नु पर्दछ। सजिलो कार्यहरू आफैं पूर्ण हुनेछन्।

६. तपाईलाई जुन काम गर्न डरा लाग्छ त्यो काम गर्नुहोस् र गर्न जारी राख्नुहोस् । यो तपाईंको डरलाई जित्नको लागि सबैभन्दा सरल र सब भन्दा राम्रो तरीका हो जुन अहिलेसम्म पत्ता लागेको छ।

७. डर अन्त कतै छैन केवल तपाईको दिमागमा मात्रै हुन्छ।

८. पहिले आफैलाई सोध्नुहोस्: के नराम्रो कुरा छ जुन म गर्दै छु? त्यसलाई स्वीकार गर्नुहोस् र त्यसपछि त्यो नराम्रो/ खराब कुरालाई कम गर्ने कोसिस गर्नुहोस्।

तिनीहरु संग नडराउनु होस् जो तपाईं संग झगडा गर्छन्, बुरु तिनिहरु संग डराउनुहोस् जो तपाईको अगाडि ठिका बनाउछन र तपाईलाई धोका दिन्छन् ।

९. खुशी बाहिरको परिस्थितिहरूमा निर्भर हुँदैन, यो त हाम्रो मानसिक दृष्टिकोणमा निर्भर हुन्छ।

१०. यदि तपाइँ आफूले जे गरिरहनु भएको छ त्यसमा तपाईलाई पुर्ण विश्वास छ भने, तपाइँको कामलाई कुनै पनि हालमा न रोक्नुहोस। संसारमा प्राय: सर्वश्रेष्ठ कामहरू असम्भवलाई चिरेर गरिएको छ। तपाईं त्यसलाई हरहालमा पुरागर्नुहोस।

११. यदि तपाईं सुत्न मन लागेको छैन भने, बेडमा पल्टिनुको सट्टा उठनुहोस र केहि गर्ने कोशिश गर्नुहोस्। निद्राले त्यति असर गर्ने छैन जति चिन्ताले तपाईंलाई असर गर्ने छ। त्यसैले चिन्ता होइन चिन्तन गर्नुहोस् ।

१२. यदि तपाईं मनबाट डर हटाउन चाहनुहुन्छ भने, घरमा बसेर नसोच्नुहोस्। यसलाई बाहिर निकाल्नुहोस् र कुनै काम व्यस्त हुनुहोस्।

१३. मानिसहरुले के सोच्लान भनेर चिन्ता गर्नुको सट्टा, केहि समय त्यस्तो काम गर्नमा लगाउन होस् जुन काममा सफल भए पछि मानिसहरूले तपाईलाई प्रशंसा गरुन्।

१४. तपाईसँग के छ? वा तपाईं को हुनुहुन्छ? अथवा तपाईं कहाँ हुनुहुन्छ? अथवा तपाईं के गर्दै हुनुहुन्छ? यी कुराहरुले तपाईलाई निराश बनाउदैन्न तर तपाईं यी कुराहरुमा के सोच्नु हुन्छ, कस्तो सोच्नु त्यसले तपाईलाई निराश बानाउने छ।

संसारका धेरै महत्त्वपूर्ण कुराहरू ती मानिसहरूले प्राप्त गरेका छन् जुन कुनै आशा नहुदा नहुदै पनि निरन्तर प्रयासमा लागि रहे।

१५. प्राय: हामीलाई थकान कामको कारणले होइन चिन्ता, निराशा र असन्तुष्टिको कारणले हुनेगर्दछ। त्यसैले सधै सकारात्मक कुरा सोचौं।

१६. मानिसहरू असफल तबसम्म हुन्छ्न जबसम्म आफूले गरिरहेको कामको आनन्द लिनसक्दैनन।

१७. त्यहाँ चार तरिकाहरू छन्, जुनकुराले हामी संसारको सामु आउँछौ। हाम्रो मूल्यांकन र वर्गीकरण यी चार कुराहरु मार्फत गरिन्छ: हामी के गर्छौं, हामी कस्तो देखिन्छौ, हामी के भन्छौं र हामी कसरी सोछौं ।

नोट: हामिले डेल कार्नेगीका भनाइहरु अनुबादन गर्दा कहि कतै गल्ती भएको हुन सक्छ्म त्यसको लागि हामी क्षमाप्रार्थी छौं।

तपाईलाई डेल कार्नेगीका भनाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र साथिहरुमाझ शेयर गर्नुहोला। यदि तपाईं संग कुनै पनि प्रेरणादायी वा सकारात्मक सामाग्रीहरु छन् भने तपाईको नाम अनि फोटो सहित positivesansar.com वा positiveway505@gmail मा ईमेल गर्न सक्नु हुन्छ। तपाईंले पठाउनु भएको सामाग्री हामी यहाँ पोस्ट गर्ने छौ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!