Stephen R. Covey लेखेको यो किताब तपाईले कतै अवश्य देख्नु भएको होला, पढ्नु भएको हुनसक्छ वा सुन्नु भएको होला। आज हामी तपाईंहरु माझ यो बेस्ट सेलर पुस्तक लाई यहाँमाझ बढ्दैछौ। यसलाई पढेर लाखौ मानिसहरु प्रत्येक्ष लाभान्वित भै सकेका छन र तपाईं पनि यो किताबको फाईदा लिन सक्नु हुन्छ।
तपाईं हाम्रो जीवन कुनै घटना यतिकै घटेको हुदैन । तपाइँ हामीलाई थाहा हुन्छ वा हुदैन, ति तपाइँ हामीबाट डिजाइन गरिएका हुन्छन् ।अन्तत: तपाई हामि नै आफ्नो सम्पुर्ण विकल्पहरु छनौट गर्छौ। तपाईं आफ्नो खुशी रोज्नु हुन्छ त तपाईलाई आफ्नो दुख पनि मिल्ने छ । तपाईं आफ्नो निश्चितता छान्नु हुन्छ त तपाईं आफ्नो अनिश्चितता पनि छान्नु हुन्छ। तपाईं आफ्नो सफलता पाउनु हुन्छ भने तपाईं आफ्नो असफलता पनि पाउनु हुन्छ । तपाईंलाई हिम्मत मिल्छ भने तपाईंलाई डर पनि मिल्छ। एउटा कुरा सधै याद गर्नुहोस् कि हरेक क्षण, प्रत्येक परिस्थितिले तपाईंलाई नयाँ विकल्प दिन्छ र तपाईं सङ जहिले पनि एक नयाँ अवसर हुने गर्छ कि यस्तो परिस्थितिमा तपाई जहिले पनि चीजहरूलाई अरुले भन्दा फरक तरिकाले गर्ने र तपाई आफ्नो लागि र सवैको लागि एक सकारात्मक नतीजा उत्पादन गर्ने अवसर हुन्छ। अब हेरौ ७ बानिहरु जस्ले तपाईंलाई एक सफल व्यक्ती बनाउने छ।
Habit १ : Be Proactive सक्रिय हुनुहोस्
सक्रिय हुनु भनेको तपाईंको जीवनको लागि जिम्मेवार हुनु हो। तपाईं आफ्नो आमाबाबु वा हजुरबा हजुरआमालाई सबै कुराको लागि दोष दिन सक्नुहुन्न। सक्रिय व्यक्तिहरू बुझ्दछन् कि उनीहरू “रेस्पोन्स-एबल” हुन्छन् । तिनीहरू आफ्नो आचरणको लागि आनुवंशिक परिस्थिति वा परिवेशलाई कहिले दोष दिँदैनन्। तिनीहरू थाहा हुन्छ कि उनीहरू आफ्नै व्यवहार आफै छनौट गर्छन्। अर्कोतर्फ, प्रतिक्रियाशील मानिसहरू प्राय जसो उनीहरू आफ्नो भौतिक वातावरणबाट प्रभावित हुन्छन्। तिनीहरू आफ्नो व्यवहारको लागि बाहिरी चीजहरूलाई दोष दिन्छन्। यदि मौसम राम्रो छ उनिहरूलाई त्यो मन पर्दछ। र यदि यो मौसम सफा छैन भने त्यसले उनिहरूको एटीट्युड र पर्फर्मेन्समा असर पार्छ, र उनिहरूले मौसमलाई दोष दिन्छन्। सबै बाह्य शक्तिहरू एक उत्तेजकको रूपमा कार्य गर्छन् जुनमा हामी प्रतिक्रिया गर्दछौं। त्यो उत्साह र प्रतिक्रियाको बीचमा तपाईको सबैभन्दा ठूलो शक्ति लुकेको हुन्छ र त्यो शक्ति तपाईको स्वतन्त्रता हो जुन तपाई आफैले आफ्नो प्रतिक्रिया आफैं रोज्न सक्नुहुन्छ। एउटा अति महत्त्वपूर्ण कुरा के भने तपाईले के भन्ने वा के गर्ने त्यो छनौट गर्न सक्नुहुन्छ। तपाइँले प्रयोग गर्ने भाषाले वा कुनै अन्ने उपायले तपाइँलाई कसरी देखाउने भनेर प्रतिनिधित्व गर्दछ। एक प्रोएक्टिभ व्यक्तिले सकारात्मक भाषा प्रयोग गर्दछ। म सक्दछु, म गर्नेछु, आदि। एक प्रतिक्रियाशील व्यक्तिले नकारात्मक भाषा प्रयोग गर्दछ – म सक्दिन, म सक्ने छैन आदि। प्रतिक्रियाशील व्यक्तिहरू सोच्दछन् कि उनीहरू आफैंले जे भन्छन् र गर्छन् त्यसका लागि तिनीहरू जिम्मेवार छैनन् – उनीहरूसँग कुनै अरु विकल्प छैन।
त्यो अबस्थामा जब हामी सबै वा थोरैमा नियन्त्रण गर्न सक्दैनौ , त्यो माथी प्रतिक्रिया वा चिन्ता गर्नुको सट्टा सक्रिय व्यक्तिहरू आफ्नो समय र उर्जा त्यस्ता चीजहरूमा खर्च गर्छन् जुन उनीहरू नियन्त्रण गर्न सक्दछन्। हामीले सामना गर्ने जस्तोसुकै समस्या, चुनौती वा अवसरहरू, हामी तिनीहरूलाई दुई क्षेत्रहरूमा विभाजन गर्न सक्दछौं: पहिलो, चिंता को क्षेत्र, दोस्रो प्रभाव को क्षेत्र
सक्रिय व्यक्तिहरू प्रभावको सर्कल मा उनीहरू आफ्नो प्रयासहरूलाई केन्द्रित गर्छन्। तिनीहरू त्यस्ता चीजहरूमा काम गर्छन् जसको बारेमा उनीहरूले केहि गर्न सक्छन्। जस्तै राम्रो शिक्षा र स्वास्थ्य बाटो नालाहरु, कृषि उत्पादन र बजार व्यवस्थापनमा आदि। प्रतिक्रियाशील व्यक्तिहरू आफ्नो प्रयासलाई चिन्ताको सर्कल मा केन्द्रित गर्दछन्। जस्तैः देश माथिको ऋण, बिकृती , देशको अवस्थामा। हामीले हाम्रो उर्जा खर्च गर्ने चीजहरूको बारे थाहा पाउनु सक्रिय व्यक्ती बन्नको लागि ठूलो कदम हो।
Habit 2: Begin with the End in Mind/ अन्तयलाई दिमागमा राखेर सुरु गर्नुहोस्
त्यसोभए तपाईं ठूलो भएपछि के हुन चाहनुहुन्छ? हुनसक्छ यो प्रश्न अलि अनौंठो लाग्न सक्छ, तर यसको लागि एकछिन सोच्नुहोस्। के तपाईं अहिले त्यो हुनुहुन्छ जो तपाईं बन्न चाहानुहुन्थ्यो, जसको सपना तपाईंले देख्ने गर्नु हुन्थ्यो। के तपाईंले त्यो गर्दै हुनुहुन्छ जो तपाईं सधैं गर्न चाहानु हुन्थ्यो ? इमानदारिताका साथ सोच्नुहोस्। धेरै पटक यो हुन्छ कि मानिसहरूले आफूलाई त्यस्तो विजय हासिल गरेको देखिन्छन जुन वास्तवमा खाली/ रित्तो हुन्छ – त्यस्तो सफलता, त्यसको बदलामा धेरै ठूला र महत्त्वपूर्ण चीजहरूको त्याग र बलिदानले मिलेको हुन्छ। यदि तपाईंको पाइलाहरु सहि सिढिमा राखिएको छैन भने, तब तपाईंले चाल्नु भएको हरेक कदमले तपाईंलाई गलत ठाउँमा नै लैजान्छ।
Habit 2 तपाईको कल्पनमा आधारित छ । कल्पना, अर्थात तपाईले आफ्नो दिमागमा ती सबै कुरा व ती सबै चीज देख्न सक्नु हुन्छ जुन तपाई अहिले आफ्नो आँखाले देख्न सक्नुहुन्न। यो त्यो सिद्धान्तमा आधारित छ कि सबै चीज दुई पटक निर्माण हुन्छ। पहिलो मानसिक सिर्जना, र दोस्रो भौतिक वा वास्तविक निर्माण। जस्तै नक्सा बनाएर पुल तयार बनेको हुन्छ। त्यस्तै शारीरिक सिर्जना मानसिक सिर्जना पछि मात्र हुन्छ। यदि तपाईं आफैं कल्पना गर्नु सक्नु हुन्न र तपाईं के बन्न चाहनुहुन्छ भनेर, तपाईं आफ्नो जीवन अरुलाई र परिस्थितिहरूलाई दोष गर्दै बित्ने छ। Habit 2 तपाईको विशेषता कसरी पहिचान गर्ने सक्नु हुन्छ भन्ने बारेमा हो, र त्यसपछि तपाईको व्यक्तिगत, नैतिक र सहि मार्गनिर्देशनले आफैलाई खुशी राख्न सक्नुहुनेछ । अन्तयलाई ध्यानमा राख्दै प्रत्येक दिनको सुरू गर्नुहोस, कुनै काम वा प्रोजेक्ट हामीसँग कुन दिशा र गन्तव्य हुनुपर्दछ भन्ने स्पष्ट दर्शनको साथ हिड्नुहोस र त्यसपछि सक्रिय भएर त्यो काम पूरा गर्न तिर लाग्नुहोस।
Habit 2लाई व्यवहारमा ल्याउने सबै भन्दा उत्तम तरिका भनेकोपर्सनल मिसन स्टेटमेन्ट सिर्जना गर्नु हो। यसको ध्यान तपाईं के बन्न चाहानुहुन्छ र के गर्न चाहनुहुन्छ भन्नेमा केन्द्रित हुनेछ। यो तपाईले सफलताको लागि बनाएको एक योजना हो। यसले तपाईं को हो भनेर पुष्टि गर्दछ, तपाईंको लक्ष्यहरूलाई ध्यानमा राख्छ, र तपाईंको विचारहरू यस संसारमा ल्याउँदछ। तपाइँको मिसन स्लेटेटमेन्ट तपाईंलाई तपाईंइको जिन्दगिको एक राम्रो लिडर बनाउँछ। तपाईं आफ्नै भाग्य आफै बनाउनुहुन्छ, र तपाईंले देख्नुभएको सपना साकार पार्नुहुनेछ।
Habit 3 : Put First Things First/ प्राथमिक चीजहरूलाई प्राथमिकता दिनुहोस्
उटा सन्तुलित जीवन जीउन, तपाईले यो बुझ्नु पर्छ कि तपाई यस जीवनमा प्रत्येक चिज गर्न सक्नुहुन्न। तपाईको क्षमता भन्दा बाहिरको काममा आफूलाई व्यस्त राख्न आवश्यक छैन। आवश्यक भएमा, “नाई” भन्न नहिचकिचाउँनुहोस्, र त्यसपछि तपाईंका आवश्यक प्राथमिकता मा ध्यान दिनुहोस।
स्वाभाव १ ले भन्छ, “तपाइँ प्रभारी हुनुहुन्छ।” तपाईं सिर्जनाशिल हुनुहुन्छ। सक्रिय हुनु तपाईंको आफ्नो छनौट हो। स्वाभाव २ पहिला दिमागमा कल्पना गर्ने बारेमा हो। दिमागमा अन्तयलाई ख्याल गर्दै कुनै पनि काम शुरू गर्ने दृष्टिसँग सम्बन्धित छ। स्वाभाव ३ निर्माण वा भौतिक सृजना को बारेमा हो, जस्मा स्वाभाव १ र स्वाभाव २ ले अन्तरक्रिया गर्दछन्। र यो प्रत्येक समय प्रत्येक क्षण हुन्छ। यसले समय व्यवस्थापन सँग सम्बन्धित धेरै प्रश्नहरूको जवाफ दिन्छ।तर त्यो यति मात्रै होइन। स्वाभाव ३ जीवनको व्यवस्थापन बारेमा पनि हो। तपाईंको उद्देश्य, तपाइको मान, भूमिका र “प्राथमिक चीजहरू” के हुन्? प्राथमिक चीजहरू ती हुन् जुन तपाई व्यक्तिगत रूपमा अत्यन्त मूल्यवान मान्नु हुन्छ। यदि तपाई आफ्नो प्राथमिक कार्यहरूलाई प्राथमिकता दिनुहुन्छ भने यसको मतलब तपाई आफ्नो समय, उर्जा, तपाईले स्वाभाव २मा बनाउनु भएको प्राथमिकता माथी खर्च गर्दै हुनुहुन्छ।
Habit 4: Think Win-Win/ जहिले पनि जीतको बारेमा सोच्नुहोस्
सोच्नुस बराबरी जित्ने अवस्था हुनु, यो राम्रो हुनुको बारेमा होइन, न त यो सर्ट-कट हो। यो एक चरित्रमा आधारित कोड हो तपाईले अरु सङ कुराकानी गर्नुपर्दछ र अरु व्यक्तिसँग मिलेर काम गर्नुपर्नेछ।
हामी मध्ये धेरैले आफूलाई अरूसँग तुलना र प्रतिस्पर्धाको आधारमा मूल्याकन गर्दछौं। हामी अरूको असफलतामा हाम्रो सफलता देख्छौं – मत्लब यदि मैले जितें भने तपाईं हार्नुहुन्छ, यदि तपाईंले जित्नु भयो भने म हराउँछु। यस तरिकाले जीवन एक शून्य जोडको खेल हुन्छ। मानौं त्यहाँ एक रोटी मात्र छ, र यदि अर्कोले धेरै लिन लागेको छ भने, म कम पाउनेछु, र म उसलाई कम लिनदिने कोशिस गर्ने छु। हामी सबै यो खेल खेल्छौं, तर कल्पना गर्नुहोस् यो खेलमा कति मज्जा छ भनेर ?
विन-विन ले जीवनलाई सहकार्यको रूपमा देख्दछ, प्रतिस्पर्धाको रूपमा होइन। विन-विन हृदय र दिमागको एक तेस्तो स्थिति हो जुन निरन्तर हामीलाई सबैको लागि हित हुने कुरा सोच्नमा प्रेरित गर्दछ। Win-Win भनेको त्यस्तो सम्झौताहरू र समाधानहरू हुन् जुन सबैका लागि लाभदायक र सबै सन्तुष्ट हुन्छन्। यसमा सबैलाई बराबर कुरा हरु हुन्छ र न कसैलाई कम न कसैलाई ज्यादा नै।
एक कुनै व्यक्ति वा संगठन जसले win-win दृष्टिकोणको साथ समस्याहरू समाधान गर्न प्रयास गर्दछ उसको भित्र यी तीन मुख्य चीजहरू हुन्छन् :
१. ईमानदारी : आफ्नो मान, प्रतिबद्धता र भावना संग कहिले सम्झौता गर्दैन।
२. परिपक्वता: साहसका साथ आफ्नो विचार र भावनाहरू अरूसामु राख्ने र अरूको विचार र भावनाहरूको पनि कदर गर्ने।
३. प्रचुरता को मानसिकता: त्यो कुरामा विश्वास गर्नुहोस् कि यहाँ सबैका लागि सबै कुरा छ।
धेरै व्यक्तिहरु either – or को शर्तमा सोच्दछन् या त तपाईं राम्रो हुनुहुन्छ वा तपाइँ नराम्रो हुनुहुन्छ। Win-Win दुबैको आवश्यक पर्छ। यो साहस र समझदारि बीच सन्तुलन बनाई राख्नु जस्तै हो। विन-विन अपनाउन, तपाईमा सहानुभूति मात्र भएर हुदैन, तपाईमा विश्वस्त पनि हुनुपर्दछ। तपाईं भित्र केवल विचारशील र संवेदनशील मात्र नभई साहसी पनि हुनुपर्छ। त्यसो गर्यो भने कभरेज र सन्तुलन विचार स्थापित हुन्छ, यो वास्तविक परिपक्वता हो, र विन-विनको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
Habit ५ : Seek First to Understand, Then to Be Understood /पहिले अरूलाई बुझ्नुहोस् र त्यसपछि आफुले बुझाउनुहोस्
Communication जीवनको एउटा सबैभन्दा महत्त्वपूर्ण skill हो। तपाईं पढ्न, लेख्न र बोल्न सिक्न धेरै वर्ष खर्च गर्नुभयो। तर के सुन्ने कुराको training लिनु भयो व तपाईंले कस्तो प्रशिक्षण पाउनुभयो जुन तपाईंलाई अरूको कुरा सुन्न सिकाउँछ। के तपाईं, तपाइको अगाडि उभिएको जुनसुकै व्यक्तिलाई राम्ररी बुझ्न सक्नु हुन्छ? सायद कसैले पनि बुझन सक्दै तर किन?
यदि तपाईं अरु व्यक्तिहरू जस्तै हुनुहुन्छ भने, सायद तपाईं पनि पहिले आफैंले बुझाउन चाहानुहुन्छ होला, र यसो गर्दा, तपाईं अर्को व्यक्तिलाई पूर्ण रूपमा बेवास्ता गर्नुहुन्छ होला । यदि तपाईं सुनेको जस्तो गर्नु हुन्छ भने पनि वास्तवमा तपाईं केवल शब्दहरू सुन्नुहुन्छ तर तिनीहरुको वास्तविक अर्थ पूर्ण रूपमा मिस गर्नुहुन्छ यस्तो किन हुन्छ विचार गर्नुहोस् त ? किनभने धेरै व्यक्तिहरूले कुरा जवाफ दिनको लागि मात्र सुन्ने गर्छन र बुझ्दैनन्। तपाई आफैं भित्र कुरा गर्न थाल्नु हुन्छ र तपाईले अगाडि के भन्ने भनेर आफुलाई तयार गर्नु तिर लाग्नु हुन्छ र अगाडि कुन प्रश्न सोधिने हो भनेर मनमा कुरा खेलाउनु हुन्छ र तेसको उत्तर पनि तयर गर्नु हुन्छ।
तपाईले जे सुन्नुहुन्छ त्यो कुरा तपाईक आफ्नो आत्मकथासँग तुलना गर्नुहुन्छ कि यो सहि छ वा गलत छ भनेर। यस कारणले गर्दा, तपाईले अर्को कुरा समाप्त गर्नु अघि, तपाईले आफ्नो मनमा यो धारणा गराउनु हुन्छ कि तपाईलाई उसले के भन्न चाहन्छ। तपाईले भन्न खोजेको कुर यो होइन र?
“हे, मलाई थाहा छ तपाईं कस्तो महसुस गर्नुहुन्छ। मैले पनि त्यस्तै महसुस गरें। “मलाई पनि त्यस्तै भयो।” “मलाई भन्नुहोस् म त्यस्तो समयमा के गरें।”
तपाई अरूलाई सुन्नुहुन्छ तपाईको जीवनको अनुभव अनुसार। तपाईं यी चार तरिका मध्ये एकमा प्रतिक्रिया दिनुहुन्छ :
मूल्यांकन: सर्वप्रथम तपाईले मुल्यांकन गर्नुहुन्छ त्यसपछि सहमत वा असहमत जनाउनु हुन्छ।
जाँच गर्दै: तपाईं आफ्नो तरिकाले प्रश्न सोधपुछ गर्नु हुन्छ।
सल्लाह: तपाई सल्लाह दिनु थल्नु हुन्छ।
व्याख्या: तपाईं आफ्नो अनुभव अनुसार अरूको मनसाय र व्यवहार विश्लेषण गर्नु हुन्छ।
सायद तपाईले सोचिरहनु भएको छ कि आफ्नो अनुभव अनुसार कसैलाई रिलेट गर्दैमा के हुन्छ र ? केही अवस्थाहरूमा यसो गर्नु उचित हुनसक्छ। जब कसैले तपाईंलाई तपाईंको अनुभवहरूमा आधारित केहि बताउनुस भन्न सक्छ, तब भन्नू होस जब तपाईं दुई बीचमा अटल विस्वासको सम्बन्ध हुन्छ। तर सधै त्यसो गर्न राम्रो हुदैन।
Habit 6: Energize / सम्बन्ध बनाउनु
सरल शब्दहरूमा भन्ने हो भने, “दुई दिमाग एक भन्दा राम्रो हो” Energize को अर्थ रचनात्मक सहयोग दिनु हो। यो टिम वर्क जस्तै हो। यो खुला दिमागका साथ पुराना समस्याहरूको नयाँ उपाय खोज्नु हो।तर यो आफ्से आफ हुँदैन। यो एक प्रक्रिया हो, र त्यो प्रक्रिया मार्फत, व्यक्तिहरू उनीहरूको अनुभव र expertise लाई उपयोग गर्न सक्षम छन्। उनिहरू एक्लै भन्दा मिलेर धेरै राम्रो परिणाम दिन सक्षम हुन्छन। सिनर्जीको साथ हामी धेरै तेस्ता कुरा फेला पार्न सक्षम छौं जुन कम मात्र पाइन्छ वा हामी एक्लैले खोज्यौं, गर्यौ भने त्यो असम्भव पनि हुन्छ्स।
जब व्यक्तिहरू एक अर्कासँग इमान्दारीतासाथ कुराकानी गर्न सुरू गर्छन्, र एक अर्काबाट प्रभावित हुन लाग्छन तब उनीहरूले नयाँ नयाँ जानकारी प्राप्त गर्न शुरू गर्दछन्। आपसको एकताले नयाँ विधिहरुलाई र आविष्कार गर्ने क्षमतालाई धेरै गुणा बढाउँछ। सामुहिक एकतालाई महत्त्व दिनु सिनर्जीको मूल सार हो। के तपाई वास्तवमै व्यक्तिहरु बीचको मानसिक, भावनात्मक, र मनोवैज्ञानिक भिन्नता लाई कदर गर्नुहुन्छ? कि तपाईं चाहनुहुन्छ सबै मानिसहरूले तपाईंको कुरा सुनुन वा मानुन ता कि तपाईं सजीलै अगाडि बढ्न सक्नुहोस? धेरै मानिसहरू एकरूपतालाई एकताका रूपमा लिन्छन्। म्युचुअल भिन्नताहरूलाई शक्तिको रूपमा देख्नुपर्दछ, कमजोरी होइन। तिनीहरूले हाम्रो जीवन उत्साह भर्दछन ।
Habit 7: Sharpen the Saw
शार्पेन द सअ भनेको तपाईंको सब भन्दा ठूलो सम्पत्तिलाई बचाउनु हो। यसको मतलब तपाईं आफ्नो लागि एक प्रोग्राम डिजाईनिंग गर्नु हो जुन तपाईंलाई तपाईंको जीवनको चार क्षेत्रमा नवीकरण गर्दछ, शारीरिक, सामाजिक / भावनात्मक, मानसिक, र आध्यात्मिक। तल केहि यस्ता गतिविधिहरूको उदाहरणहरू छन्:
शारीरिक: राम्रो खाना, व्यायाम, आराम
सामाजिक / भावनात्मक: अरूसँग सामाजिक र अर्थपूर्ण सम्बन्ध बनाउ।
मानसिक: पढ्ने-लेख्ने,सिक्ने- सिकाउने।
आध्यात्मिक: प्रकृतिसँग समय बिताउने, ध्यान गर्ने, सेवा गर्ने।
जब तपाईले हरेक क्षेत्रमा आफैंलाई सुधार गर्नुहुन्छ, तपाई आफ्नो जिवनमा प्रगति र परिवर्तन देख्नुहुनेछ। Sharpen the saw तपाईंलाई सधै ताजा राख्छ ताकि तपाईं बानीहरू राम्रोसँग अभ्यास गर्न सक्नुहोस। यसो गर्नाले तपाईं चुनौतिहरूलाई सामना गर्ने आफ्नो क्षमता बढाउनु सक्नु हुन्छ। त्यसो नगरी तपाईंको शरीर कमजोर हुन्छ, दिमाग दिमाग रहित हुन्छ, भावनाहरू नकारात्मक हुन्छन, प्रकृति असंवेदनशील हुन्छ, र मानिस स्वार्थी हुन्छ। र यो राम्रो होईन ।
तपाईलाई राम्रो लाग्छ तर यो आफैमा हुँदैन। सन्तुलित जीवन जिउनुको अर्थ हो आफैले आफैलाई renew गर्न आवश्यक समय लिनु हो। यो सबै तपाइँमा निर्भर छ तपाईं आरामले आफुलाई रिन्यु गर्न सक्नुहुन्छ। तपाईं आफैलाई मानसिक र आध्यात्मिकरुपमा प्रेम गर्न सक्नुहुनेछ। तपाईं आफूभित्र भएको उर्जाको प्रत्यक्ष अनुभव लिन सक्नुहुनेछ वा यसलाई बेवास्ता गरेर तपाईं आफ्नो स्वास्थ्य र व्यायाम गर्दा हुने लाभहरू गुमाउन सक्नुहुनेछ।
तपाई आफैंलाई पुन: जीवित गर्न सक्नुहुन्छ। शान्ति र सद्भावको साथ नयाँ दिन स्वागत गर्न सक्नुहुन्छ। वा तपाईं उदासी संग दिन बिताउन सक्नुहुन्छ। बस एउटा कुरा याद गर्नुहोला कि प्रत्येक दिनले तपाइँलाई रिन्यु गर्ने नयाँ अवसर प्रदान गर्दछ, आफैलाई रिचार्ज गर्ने अवसर। केवल आवश्यक छ त इच्छा, ज्ञान र शिपको।