जीवनका बिभिन्न पाटोहरुलाई समेटेर हामीले मनछुने लाइनहरुको संकलन पस्कने गरेका छौ, यसमा यहाँले निकै मनपनि पारिदिनु भएको छ । सोही हौसलाको कारण हामीले थप नयाँ मनछुने यथार्थ लाइन थप पस्कदै जानेछौ; यहि क्रममा आज हामीसँग मनछुने लाइनहरु खण्ड ५ प्रस्तुत गर्दै छौ; आशा गर्दछु, अवश्य मन पराउनुहुनेछः
१. तिमिले त रुवाएर राखिदियौ ए जिन्दगी ! जाउ सोध मेरी आमालाई, कति प्यारो थिए म ।
२. किन गर्छौ घमण्ड आफ्नो ठाठमा, मुठी पनि खाली हुन्छ जब पुग्छौ घाटमा ।
३. कसरी थाहा पाउने राम्रो मान्छेको पहिचान ? दुवै नक्कली भइसक्यो आँशु र मुस्कान ।
४. आफुभन्दा धेरै कसैलाइ पनि भरोसा नगर्नु किनकी अध्याँरोले छाया पनि साथ छोडिदिन्छ ।
५. संकटमा परेको हातीलाइ भ्यागुताले पनि लात हान्छ ।
६. पेटमा गएको विषले एकजना व्यक्तिलाई मात्र मार्छ तर कानमा गएको विषले सयकडौ व्यक्तिलाई मार्छ ।
७. जिन्दगी को गजबको कहानी छ, अन्जानले हालखबर सोधिरहेको छ र आफन्तको पत्तै छैन ।
८. हौसला नहार खसेर ए जिन्दगी ! यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ ।
९. सोचेको थिए हरेक मोडमा याद गर्नेछु तिमिलाई तर दुर्भाग्य पुरै सडक सिधा थियो कुनै मोड आएन ।
१०. जमाना खडा छ हातमा ढुङ्गा लिएर, कहाँ सम्म भाग्नु शिशाको भाग्य लिएर ।
११. दिल जित्नको लागि आजकल पैसा लाग्दछ यार !
१२. राम्रो हुन्छन खराब मान्छेहरु जो राम्रो हुनुको नाटक त गर्दैनन ।