१. अहंकार देखाएर कुनै सम्बन्ध तोड्नुभन्दा राम्रो हो कि माफी मागेर त्यो सम्बन्ध निभाइयोस ।
२. परीस्थिती अनुकुल होस नहोस तर दृष्टिकोण हमेशा हाम्रो स्पष्ट हुनुपर्दछ ।
३. ऐश्वर्यमा आनन्द मनाउ परन्तु दरीद्रतामा विचार गर ।
४. मान्छेलाई यदि उसको पैसा बाट अलग गरेर हेर्ने हो भने दुनियाँको सबै मान्छे बराबर हो ।
५. जीवनको “आरम्भ” आफू रोएर हुन्छ र जीवनको “अन्त्य” अरु रोएर हुन्छ, यो आरम्भ र अन्त्यको बिच भरपुर हाँस्यले भरीदिनुस ।
बस यहि जिन्दगी हो ।
६. मजाक एउटा धेरै गम्भीर चिज हो, यसले खुशी पनि दिन्छ भने सम्बन्ध पनि तोडीदिन्छ ।
७. कुनै पनि कुरामा ठोस निर्णय लिएर मात्र कदम चाल्नुहोला भावुकतामा बगेर होइन ।
८. हरेक सम्बन्धमा अमृत वर्षिने छ, शर्त यति मात्र छ कि झगडा गर्नुस तर षड्यन्त्र होइन ।
९. एउटा उत्कृष्ट मान्छे आफ्नो व्यवहारबाट चिनिन्छ, नत्र भने राम्रो कुरा त भित्तामा पनि लेखिएको हुन्छ ।
१०. जिब्रोको वजन निकै कम हुन्छ र यसलाई धेरै कम मान्छेले सम्हाल्न सक्छन ।
११. केही मान्छे `मतलब´ को लागि सम्बन्ध बनाउने गर्छन , केही मान्छे सम्बन्धमा `मतलब´ खोज्ने गर्छन ।
१२. जति ठूलो विरोध हुन्छ, त्यति नै तपाइको हिम्मत बढ्छ भने तब यो सम्झिनुस कि तपाईं सहि बाटोमा हुनुहुन्छ ।
Good sujestion