केहि मनछुने लाइनहरु

एक्लोपन धेरै राम्रो झुठो वादाभन्दा झुठा मान्छे भन्दा- मनछुने लाइनहरु खण्ड ४

जीवनका भिभिन्न पाटोहरु हुन्छन, प्रेम, संघर्ष, सफलता, असफलता, हर्ष, दुख इत्यादि । यात्राका दौरानमा अनेकन उतार चदाव आउछन र हामी जीवनका यीनै पाटा हुदै गुज्रन्छौ । जीवनको विभिन्न आयामहरुका विच यहि यात्राका भोगाइ र देखाईलाई केही लाइनहरुले सुन्दरसँग प्रस्तुत गरेको हुन्छन र यी यथार्थ लाइनहरुले हाम्रो मन छुन सफल रहन्छन साथै जीवनमा मार्गनिर्देश पनि गर्दछ । यसर्थ हामीले पोजिटिभ संसारमा शृंखलाबद्धरुपबाट प्रस्तुत गरिरहेका छौ; आशा गर्दछौं मनछुनेलाइनहरु खण्ड ४ पनि यहाँलाई पक्कै मनपर्नेछ :

१. केही मान्छे सुगन्धको जस्तै हुन्छन महसुस त हुन्छ तर देखिदैन ।

२. फुर्सद मिल्यो भने गल्तिहरुलाई माफ गरीदिनु, कसले जान्दछ कि सासको सिमा कहासम्म छ ।

३. जति ठूलो विरोध हुन्छ, त्यति नै तपाइको हिम्मत बढ्छ भने तब यो सम्झिनुस कि तपाईं सहि बाटोमा हुनुहुन्छ ।

४. सुन्दर वस्त्रले तपाइको व्यक्तित्वलाई अवस्य बदल्दछ तर सुन्दर व्यवहारले तपाइको सिङ्गो जिन्दगी बदलिदिन्छ ।

५. कसैलाइ यति धेरै महत्व दिनुहुदैन कि उसले हाम्रो अनुहारबाट `मुस्कान  खोसिदिओस ।

६. सज्जनमा भगवान हेर्नू सरल छ तर सबैमा भगवान देख्नेहरु दुर्लभ छन ।

७. कमाइ सानो होस या ठूलो तर रोटीको साइज लगभग सबैको घरमा एउटै हुन्छ ।

८. जबसम्म किस्मतको सिक्का हावामा छ तबसम्म आफ्नो बारेमा फैसला गरीहाल, किनकी जब त्यो तल आउँछ तब आफ्नो फैसला उसले आफैले सुनाउनेछ ।

९. एक्लोपन सयगुना राम्रो हुन्छ : झुठो ” वादा ” भन्दा , झुठा ” मान्छे ” भन्दा ।

१०. आफ्नो गल्लिमा त कुकुर पनि बाघ हुन्छ, जसले पाएको हुन्छ अरुको गल्लिमा सम्मान उहीँ बाघ दिल मान्छे हुन्छ ।

११. नजर र नशिब को मिल्नुको अवश्था बस यस्तो हुन्छ, नजरले त्यही मन पराउछ जुन नसिबमा हुदैन ।

१२. बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु, यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ।

1 Comment

  • Nisha magar says:

    wow excellent

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!
%d bloggers like this: