१. पैसा आफै टाउको दुखाइ पनि हो र त्यसको औषधि पनि ।
२. सिधा सिधा बोल्ने व्यक्तिहरु कडा अवस्य हुन्छन तर धोकेवाज हुदैनन ।
३. जसलाई जति पर्वाह गरीन्छ ऊ त्यती नै बेपर्वाह भइदिन्छ ।
४. मेरो उचाइलाई देखेर हैरान छन धेरै मान्छे, तर कसैले मेरो खुट्टाको पैताला देखेनन ।
५. निष्पक्ष व्यक्तिमाथी हरेक पक्षको व्यक्तिले पक्षपातको आरोप लगाउछन ।
६. लागीरहेको छ कि यसपटक प्रेम भएर नै छोड्छ, आज राती सपनमा मैले आफैलाई बर्बाद भएको देखेको छु ।
७. गाडीमा यदि ब्रेक भएन भने दुर्घट्ना निश्चित छ, जीवन मा यदि संस्कार र मर्यादा भएन भने पतन निश्चित छ ।
८. ट्रकहरुमा, बसहरुमा, ट्र्याक्टरहरुमा, अटोहरुमा लेखिएको पाउनुहुन्छ, “आमाको आशिर्वाद” किनकी मर्सिडिज , बि एम डब्ल्यु , फरारी र गाडीको मतलब हुन्छ, “बाउले दिएको” ।
९. कृतज्ञ छु भगवान प्रती कि आँशुको कुनै रङ्ग दिएनन, नत्र भने बिहानको भिजेको सिरानी ले रातको धेरै रहस्य खोलिदिने थियो ।
१०. यो दुनियामा अन्जान बनिरहनु नै ठिक हो. मान्छेले अक्सर धेरै दुख दिन्छन आफ्नो बनाएर ।