१. भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ, भाग्यमानी त्यो हो जो आफ्नो नसिबबाट खुशी छ ।
२. सुन्दरता हमेशा देख्नेहरुको मनमा र नजरमा हुन्छ , नत्रभने गल्ती निकाल्नेहरुले त चन्द्रमामा पनि दाग देख्छन ।
३. जहाँ सफाइ दिनुपर्छ बारम्बार, त्यो सम्बन्ध कहिल्यै सफल हुदैन ।
४. सम्बन्ध आजकल रोटी जस्तै भइसकेको छ, अलिकती थोरै आगोको ताप बढ्यो कि जलेर खरानी भइदिन्छ ।
५. काम यस्तो गर्नुस कि `नाम´ भइदिओस, नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै `काम´ भइदिओस ।
६. शहरको तमाम इज्जतदारहरुले एक्कासी गर्यो आत्महत्या, जब एउटी वेश्याले आत्मकथा लेख्ने निधो गरीन ।
७. वचपनमा जहाँ चाहन्थ्यौ हाँस्ने गर्थ्यौ, जहाँ चाहन्थ्यौ रुने गर्थ्यौ, तर अब मुस्कुराउन पनि कारण चाहिन्छ र आँशु झार्नलाई एकान्तपन ।
८. कठिन परीस्थितिमा समझदार व्यक्तिले बाटो खोज्छ भने कायरले बहाना ।
९. मेरो – तिम्रो, सानो – ठुलो, आफ्नो – विरानो, मनबाट हटाइदेउ फेरि सब तिम्रो हो, तिमी सबको हौ ।
१०. म यस्तो मित्र चाहन्न कि जब म घाटी हल्लाउ तब उसले पनि हल्लाओस , यो काम त मेरो छाँयाले नै सबैभन्दा राम्ररी गर्न सक्छ ।