केहि मनछुने लाइनहरु

जिवनमा दर्द दिल टुटेर होइन भरोसा टुटेर हुन्छ— मनछुने लाइन खण्ड एक

१. गल्ती उसैबाट हुन्छ जसले काम गर्दछ, निकम्मा हरुको जिन्दगी त अरुको चम्चागीरी गर्नमा र खराबी खोज्नमा नै खत्तम हुन्छ ।

२. मुस्कुराएर देख्नु र देखेर मुस्कुराउनु मा धेरै ठूलो फरक छ ।

३. हामी तनको चोटलाई भुलिदिन्छौ तर मनको चोटलाई भुल्न सकिरहेको हुदैनौ ।

४. जो मान्छेले सत्यलाई साथ दिन्छ त्यो व्यक्ती हमेशा एक्लो हुने गर्छ ।

५. तपाइले जसलाइ आँखा बन्द गरेर भरोसा गर्नुहुन्छ अक्सर उसैले तपाइको आँखा खोलिदिन्छ ।

६. यस्तो सोच छ हामी मान्छेहरुको, एउटा एक्लो व्यक्तिलेे के गर्न सक्छ ? तर हेर अलिकती थोरै त्यो दियोलाई उ एक्लो छ फेरि पनि अन्धकार मेटाइरहेको हुन्छ ।

७. जिवनमा सबैभन्दा ठूलो दर्द दिल टुटेर होइन भरोसा टुटेर हुन्छ ।

८. आमा र श्रीमती दुवैलाई हमेशा धेरै इज्जत र प्रेम देउ, किनकी आमाले तिमिलाई यो दुनियाँमा ल्याएकी छिन, भने श्रीमतिले सारा दुनियाँलाई छोडेर तिमीसित आएकि छिन ।

९. मानिसको खोक्रा शब्दहरुबाट तपाइले आफुलाई कहिल्यै धोका नखुवाउनुहोस ।

१०. बिहे एउटा किताब हो , जसको पहिलो अध्याय लयात्मक हुन्छ तर बाकी सबै पट्यारलाग्दो गद्द ।

११. पैसा भएमा कागजको खोस्टा मात्र खर्च हुन्छ तर समय व्यर्थ गुमाएमा जिवनको भाग नै खत्तम हुन्छ ।

१२. आत्मसम्मानको साथ कमाएको सुख्खा रोटी चौरासी व्यन्जन भन्दा पनि मीठो हुन्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!