केहि यथार्थ लाइनहरु

केही यथार्थ मनछुने लाइन संग्रह ४७

१. यदि कुनै व्यक्ति केहि गर्न चाहन्छभने
संसारमा कुनै पनि कुरा असम्भव छैन।

२. हामी सबैसंग सम्मान प्रतिभा छैन,
तर हामीसंग समान अवसरहरू छन्,
हाम्रो प्रतिभाहरुलाई विकास गर्न।
रतन टाटा

३. सफल व्यक्तिहरूले कुनै फरक काम गर्दैनन्,
तिनीहरू केवल फरक तरिकाले काम गर्छन्
– शिव खेडा

४. हामी सँधै सोच्दछौं कि
हामीसँग के छैन तर
हामी कहिल्यै सोच्दैनौं
हामीसँग के छ र कति छ।

५. तपाईले यस संसारलाई जुन नजरले हेर्नू हुन्छ ,
तपाईं संसार तेस्तै देख्नु हुन्छ, पाउनु हुन्छ। त्यसैले त भनिन्छ दोस सृष्टिमा होईन दृष्टिमा हुन्छ।

६. यदि तपाईं सहि हुनुहुन्छ भने
केही प्रमाणित गर्न कोशिस नगर्नुहोस्
केवल सही बनी रहनुहोस।
प्रमान समयले आफै दिनेछ।

७. मान्छे के सोचछन,
यो सोचेर हामी जिन्दगी जिउछौ, तर
भगवान के सोच्नुहुन्छ
यसलाई कहिले सोच्नु भएको छ?

८. जीवनमा सधै तीन मन्त्र याद गर्नुहोस्
* खुसीमा मा वचन नदिनुहोस
* रिसमा उत्तर नदिनुहोला
* दुखमा कहिले निर्णय नलिनुहोला।

९. संघर्ष बिना कोहि महान हुँदैन
जबसम्म ढुङ्गामा चोट लाग्दैन
तब सम्म ढुङ्गा पनि भगवान बन्न सक्दैन।

१०. मैदानमा हारेको व्यक्ति फेरि जित्न सक्छ
तर
मनबाट हारे व्यक्तिले कहिले पनि जित्न सक्दैन।
मनले हारे हार हुन्छ र मनले जिते जित हुन्छ।

११. यदि जीवनमा कठिनाहरु आए भने दु: खी नहुनुहोस्
किनकि कठिन रोल best actor लाई मात्र मिल्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!