१.सिक्न कहिले नछोड्नु होस् किनकी जिबनले कहिले सिकाउन छोड्दैन।
२.जसरी रातले चन्दमालाई चम्कन सिकाउछ त्यसै गरि दुख र संघर्षले मान्छेलाई जिन्दगी बुझ्न सिकाउछ।
३.कुनै पनि गल्ती मान्छेले दुई पटक गर्न सक्दैन यदि गर्छ भने त्यो गल्ती होईन उसको ईच्छा हो।
४.जिवनमा दुईवटा कुरा सधै याद राख्नु पर्छ। कसैले लगाएको गुन कहिले बिर्सनु हुदैन र आफुले गरेको गुन कहिले पनि सम्झनु हुदैन।
५.समझदार बन्नु छ भने अरुको गल्तिबाट सिख्नुहोस। यदि आफै माथी प्रयोग गर्न थाल्नु भयो भने त तपाईको पुरै जिन्दगी पनि कम पढ्ने छ।
६.कुनै कामको सुरुवात गर्नलाई महान हुनै पर्छ भन्ने छैन तर महाब बन्नको लागि कुनै न कुनै कामको सुरुवात गर्नै पर्छ।
७.आफ्नो सफलता माथी यति घमण्ड पनि गर्नु हुदैन कि त्यो तपाईं माथी नै भारी परोस् किनकी अक्सर ढुङ्गा पानीमा आफ्नै भारको कारणले नै गर्दा डुब्ने गर्छ।
८.एउता असल मान्छे उसको बोली बाटै चिनिने गर्छ किनकि राम्रो राम्रो कुरा त किताब र भित्ताहरुमा पनि लेखिएको हुन्छ।
९.ठूलो ठूलो सफलता पनि एक पलमा धरासाई हुन सक्छ यदि त्यो सफलता कसैलाई निचा देखाउन पाइएको हो भने।
१०.राम्रो व्यवहारको मूल्य सायद पैसामा नहोला तर एउटा राम्रो व्यवहारले करोडौं मान्छेहरुको मन किन्ने सामर्थ्य राख्द छ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !