१. जिवनमा सबै थोक हारेर पनि यदि कसैले हरेस खादैन र अझ जित्ने सपना देख्छ भने उस्ले जितेरै छोड्ने छ।
२. आज भोलि कोहि सत्य सुन्न चाहदैनन् किनकि सबै झुटो प्रसंशाको दुनियाँमा रमाउने बानिको शिकार बनेका छ्न।
३. दुख सधै हामिलाई पीडा दिनको लागि आउदैन कहिले काहीँ हाम्रो आसपासमा रहेका आफन्तहरुको असली रुप देखाउनको लागि पनि आउने गर्छ।
४. कस्को मनमा के छ यो बुज्न धेरै गारो छ किनकी आज भोलि हर मान्छेको अनुहार माथी झुटले बनेको अर्को अनुहार हुने गर्छ।
५. मान्छेको अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुदैन किनकी अनुमान मान्छेको मनको कल्पना हो तर अनुभव जिवनको भोगाइ हो।
६. मान्छे दुखी दुई कारणले हुने गर्छ ,
अतीत को तितो संस्मरणलाई सम्झिरहनाले
र आउने भविष्य प्रती धेरै चिन्ता गर्नाले ।
७. जो व्यक्तिले तपाईको भावनालाई बुझ्दैन त्यो व्यक्ती संग नजिक हुनु भनेको आफैलाई कम्जोर पार्नु हो।
८. आजभोलि धेरै मान्छेहरुको आधा भन्दा धेरै समय त पराईको अगाडि राम्रो बन्नु र आफ्नालाई बेवास्ता गर्नुमा नै सकिने गर्छ।
९. यो सत्य हो कि दुखले पीडा दिन्छ तर यो पनि सत्य हो कि दुखले नै सुखको महत्व बुझाउने गर्छ।
१०. हामी यस्तो समाजमा बस्ने गर्छौं जहाँ सुन्दरतालाई रुपमा, ज्ञानलाई शिक्षामा र सम्मानलाई पैसा संग तुलना गरिन्छ।