प्रेरक लाइनहरु

जिन्दगी बदल्ने केही प्रेरक लाइनहरु संग्रह पाच

१. जुन कुराले अगाडि बढ्न रोक्छ, त्यो कुरालाई तेहि छोडेर अगाडि बढ्न सक्नु पर्छ। चाहे त्यो बानी होस् , सम्बन्ध होस् वा कुनै मान्छे किन नहोस् ।

२. जुन कुराहरु हामी हाम्रा आमाबुवा र गुरुबाट सिक्ने मौका मिल्दैन ती कुराहरु समय र परिस्थितिले हामीलाई आफै सिकाउछ।

३. मिहिनेत त्यो चाबी हो जस्ले बन्द भएको तपाईको भविस्यको ढोका खोली दिने गर्छ।

४. प्रयास गर्ने मान्छेहरु एक दुई पटक लड्छन तर
प्रयास नगर्ने मान्छेहरु जिवनभर लडिरहन्छन त्यसैले आफ्नो प्रयास जारी राख्नुस एक न एक दिन सफलता अवस्य मिल्छ ।

५. जति तपाई बिचारमा महान हुनुहुन्छ त्यो भन्दा बढी व्यावहारमा महान बन्न सिक्नुहोस।

६. यदि तपाईं संसार बदल्न चाहनु हुन्छ भने पहिला आफुलाई बदल्नु होस् । यदि तपाईं आफुलाई बदल्न चाहनुहुन्छ भने पहिला एउटा राम्रो पुस्तक पढ्नुहोस।
-जे मिलार्ड सिम्पसन

७. सफलता पाउनु त परको कुरा हो, यदि घमण्ड र अहंकारले भरिनु भयो भने बाटो समेत भेटाउन सक्न्नु हुनेछैन।

८. जिन्दगीमा रिस्क लिन नडराउनु होस् किनभने या त जित मिल्ने छ वा हार्नु भयो भने सिक मिल्ने छ।

९. दुनियाँमा २ किसिमको मान्छेहरु असफल हुन्छन् । पहिलो जो सोचछन तर केही गर्दैनन्, दोस्रो जो गर्छन तर केही सोच्दैनन।

१०. एउटा समझदार मान्छे तेहि हो जो अरुलाई देखेर उस्को विशेषताबाट आफुले पनि केही सिक्ने गर्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!