केहि मनछुने लाइनहरु

केही मनछुने लाइनहरु भाग १७

१. ऐना अगाडि बसेर श्रृङ्गार गर्दैमा कोहि राम्रो हुँदैन, राम्रो हुन त सफा मन अनि ओठमा मुस्कान भए पुग्दछ।

२. जिन्दगीमा लामो यात्रा गर्नु छ भने हिड्ने अभ्यास होइन बरु आफुलाई लड्न बाट बचाउने अभ्यास गर्नु पर्छ।

३. जवाफ त हर कुराको दिन सकिन्छ तर जो मान्छेलाई सम्बन्धको कदरनै हुदैन उ माथी बोलेर शब्द खेर फाल्नु मुर्खता मात्र हुन्छ।

४. यदि तपाईंको मन सफा र बोलि मीठो छैन भने तपाई जति सुकै सुन्दर भए पनि वा जति सुकै उच्च पदमा बसे पनि तपाईंको कुनै मूल्य हुने छैन।

५. जो व्यक्तिले तपाईंलाई माया गर्छ उसले रिसमा नराम्रो वचन अवस्य लागाउन सक्छ तर तपाईको नराम्रो कहिले गर्दैन।

६. बरु एकलै बस्नु तर त्यो मान्छे संग कहिले न बस्नु जस्ले तपाईलाई कुनै महत्व दिदैन।

७. आफुमाथी विश्वास छ भने तपाइलाई दुनियासित डराउनु पर्दैन , यदि विश्वास छैन भने दुनियाले तपाइलाई डर देखाउनेछ ।

८. एउटा सानो कमिलाले तपाईको खुट्टामा टोक्न सक्छ तर तपाईं कमिलाको खुट्टामा टोक्न सक्नु हुन्न त्यसैले जीवनमा कसैलाई सानो सम्झिनु हुदैन किनकी जुन काम तपाईं गर्न सक्नु हुन्न त्यो काम अरुले गर्न सक्छन् ।

९. ढुङ्गामा भगवान छ भनेर बिश्वास दिलाउन धर्म सफल भयो तर मान्छेमा मान्छे छ भनेर बिश्वास दिलाउनमा धर्म असफल नै रह्यो।

१०. यदि तपाई सङ हर परिस्थितिमा सम्भालिन सक्ने क्षमता छ भने जसले जति नै न राम्रो गरे पनि तेस्ले तपाईलाई केही असर पार्दैन।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!