१. जिद्दी गर्न सिक्नुहोस, जुन लेखिएको छैन भाग्यमा उसलाई हासिल गर्न सिक्नुहोस …
२. गल्ती जीवनको एक पन्ना हो तर सम्बन्ध पूरा किताब हो,
आवश्यक पर्यो भने गल्तीको पन्ना च्याति दिनु तर एक पन्नाको लागि
पुरा किताबलाई कहिल्यै नगुमाउन ।
३. जसलाई प्रेम गर्नुहुन्छ, उसको पछाडि नभाग्नुहोस, उ आफै आउनेछ तपाईं कहाँ, यदि प्रेम सच्चा छ भने …
४. दुनियाँ त एउटै छ तर फेरि पनि सबैको फरक फरक छ …
५. बुढापाकाले भनेका छन् कि सबै सँग साथ गर्नुहोस् तर साथमा कहिल्यै पनि स्वार्थ नराख्नुहोस ।
६. आधा अधुरा कुराहरु मन माथिनै बोझ हुन्छन, कसै सँग भन्ने गर्नुहोस, कसैको सुन्ने गर्नुहोस …
७. हारेर पनि देखियो अब कुन कुराको दुख छ, उठ्नुहोस र देखाउनुहोस यो दुनियालाई कि तपाईंमा कति दम छ …
८. यदि तपाई जिन्दगीमा आराम चाहनुहुन्छ भने मान्छेका कुरालाई दिल बाटै लिन छोडिदिनुहोस ..
९. कोशिश नगर्नुहोस, खुशी सबैलाई राख्नको लागि, केहि मान्छे दुःखी हुन पनि जरुरी छ, चर्चामा भैरहन को लागि …
१०. सजिलो त केही पनि छैन यस दुनियामा, एक सास लिनको लागि पनि पहिलो सास छोड्नु पर्दछ …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !