केहि यथार्थ लाइनहरु

केही यथार्थ मनछुने लाइन संग्रह अर्तिस

१. यदि तपाईं कुनै यस्तो व्यक्तिको पर्खाइमा हुनुहुन्छ जसले तपाईंको जिन्दगी नै बदलिदेओस् । हो भने एकपल्ट एेनामा गएर हेर्नुस्।

२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो।

३. यहाँ ठुलो मान्छे बन्नु भन्ने आफन्तहरुले त साथ दिंदैनन अझ जिन्दगीको यात्रामा भेटिएकाहरुले छोड्दैमा दुखि नहुनुहोस्।

४. राम्रो कुराको पछाडी कोहि जादैनन खराबको पछि – पछि सब जान्छन , रक्सी बेच्नेहरुलाई कहि धाउनु पर्दैन दूध बेच्नेहरुलाइ घर घर चहार्नुपर्छ ।

५. जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस , यो नसोच्नुस कि मान्छेले के भन्लान ? किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।

६. पैसा नभएको कारणले पढाई छोड्नेहरू
धेरै भेटिन्छन तर पैसा नभएको कारणले
जुवा,तास,गुट्का,रक्सी जस्ता आदि
कुराहरू छोड्ने व्यक्ति आज सम्म
भेटिएन यो कस्तो बिडम्बना।

७. इज्जत र प्रसंसा सबैलाई चाहिन्छ तर यो थोरै मान्छेले मात्र पाउने गर्छन किनकी इज्जत र प्रशंसा मागेर वा डराई धम्क्याएर पाइदैन। यसलाई सत्कर्मले कमाउनु पर्ने हुन्छ।

८. मान्छे त्यति बेला मुर्खा हुन्च जति बेला उ अरुलाई मूर्ख बनाउने सोच्छ।

९. आफ्नो उमेर र आफ्नो धन माथी कहिले घमण्ड नगर्नु किनकि जुन कुरालाई गन्न सकिन्छ ती कुराहरु एक दिन अवस्य सकिन्छ।

१०. यो दुनियाँमा हर त्यो चिज धनले वा बलले आफ्नो बनाउन सकिन्छ तर ज्ञान मात्र एउटा यस्ती चिज हो जसलाई धनले वा बलले होइन अध्यन र परिश्रमले कमाउन सकिन्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!