केहि मनछुने लाइनहरु

केही मनछुने लाइनहरु भाग १५

१. आज संसार यस्तो बनेको छ कि जस्ले पछाडी बाट छुरा घोप्छ उसलाई विस्वास गरिन्छ र जसले भरोसा गर्छ उसलाई दोषी बनाईन्छ।

२. आफ्नो अतितलाई कहिले याद नगर्नु तर त्यो अतितले तपाईलाई के सिकायो त्यो कहिले नभुल्नु किनकी त्यसले तपाइलाई जिन्दगिमा अघि बढ्न सिकाउने छ।

३. जिन्दगीमा केही बन या नबन त्यसले खासै महत्त्व राख्दैन तर बुढेसकालमा आफ्ना आमा बुवाको सहारा पक्क बन्नु किनकी यसले ठुलो महत्त्व राख्दछ।

४. यो कोशिश गर्नुहोस् कि जिन्दगी हरपल राम्रो सङ बितोस किनकी मान्छे त भेटिएर जान्छन् तर याद सधै रहि रहन्छ।

५. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकि दिनु तर हरेक पटक तपाईं नै झुक्नु पर्छ भने त्यो सम्बन्धलाई तेहि रोकि दिनु।

६. जिवनमा त्यो मान्छेलाई माया गर्नु जस्ले तपाईको यी तीन कुराहरु बुझ्ने गर्छन् । एक तपाईंको मुस्कान भित्र लुकेको पिडालाई, दुई तिम्रो रिस भित्र लुकेको मायालाई, तिन तिम्रो बिश्वास भित्र लुकेको कारणलाई।

७. घमण्ड रक्सी भन्दा पनि ठूलो नशा हो किनकी रक्सीले त तपाईंको शरीरलाई मात्र हानी गर्छ तर घमण्डले त तपाईको अस्तित्व नै मेटाइ दिन्छ।

८. कोहि मान्छे यति धनी कहिले हुनसक्दैन जो आफ्नो अतीतलाई किन्न सकोस् र कोहि मान्छे यति गरिब पनि हुदैन जो आफ्नो आउने समयलाई बदल्न न सकोस्।

९. सम्बन्ध जतिनै खराब किन नहोस् त्यसलाई न तोड्नु होला किनकि पानी जति नै धमिलो भए पनि त्यसले प्यास न बुझाउला तर आगो अवश्य बुझाउन सक्छ।

१०. मूल्य पानीको होईन प्यासको हुने गर्छ, मूल्य मृत्युको होईन जिबनको हुने गर्छ, प्रेम त सबैले गर्छन् दुनियाँमा तर मुल्य प्रेमको होईन बिश्वासको हुने गर्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!