केहि मनछुने लाइनहरु

केहि मनछुने लाइनहरु भाग १४

१. मान्छेको चरित्र तब बाहिर आउने गर्छ जब उ नशामा हुन्छ। चाहे त्यो नशा धनको होस, सफलताको होस् वा कुनै पदको होस् ।

२. मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै
दुख हुन्छ , तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो
साथमा भएर पनि टाढाको दुरी बनाउछ ।

३. जो मान्छे भिडमा सोर मच्चाउने गर्छन् तिनीहरु भिडमै हराउने गर्छन् तर जो मान्छेहरु आफ्नो दममा चुप चाप अगाडी बढ्छन, उनीहरु नै एक दिन सफल बनेर चम्किने गर्छन् ।

४. जसको आखामा घमण्डको पर्दा हुन्छ, उसले न त अरुको गुन देख्छ न आफ्नो बैगुन।

५ एउटा मान्छेले जिन्दगीलाई सोधेछ। किन सबैलाई खुसी दिदैनस ! तब जिन्दगिले भने छ, मत सबैलाई खुशी दिने गर्छु तर मान्छेको स्वाभव नै यस्तै छ कि एउटाको खुशी अर्कोलाई दुख भै दिन्छ।

६. सधै ती मान्छेहरु सङ नबस जसले तिमीलाई खुशी पार्ने गर्छन् , कहिले काहीं ती मान्छेहरु सङ पनि बस जो तिमिलाई पाएर खुसी हुने गर्छन।

७. दियो बोल्दैन किनकी उसको प्रकासले उसको परिचय दिने गर्छ त्यसै गरि तपाईको पनि सब्दले होईन राम्रो कर्मले परिचय दिनु पर्छ।

८. त्यो ठाउमा सधै मौन बस्नुहोस जहाँ मुर्खहरु आफ्नो हैसियतको गुणगान गाउने सुरु गर्छन् ।

९. मन र मस्तिष्कको लडाइमा सधै मनलाई नै जित्न दिनुहोस् किनकि मस्तिष्कले त जितेर पनि अक्सर confuse हुने गर्छ।

१०. व्यक्ती आफ्नो गुण, आचरण र बानिले माथी उठ्नु पर्छ। उच्च स्थानमा बस्नाले त्यो व्यक्ती उच्छ कहिले हुदैन।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!