प्रेरक लाइनहरु

जिन्दगि बदल्ने केहि प्रेरक लाइनहरु दोर्सो संग्रह

१. तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रो सपनासँग कहिल्यै सम्झौता नगर !

२. अज्ञानी हुनुलाई लाजमर्दो मानिदैन,कामलाई उचित ढङ्गले सिक्ने इच्छा नहुनुचाहि साह्रै लाजकै विषय हो।

३. आलोचक त्यो हो,जसलाई हरेक वस्तुको मुल्य थाहा हुन्छ तर ती कुनै पनि वस्तुको महत्व बुजेको हुदैन ।

४. कुनै पनि मान्छे , आलोचित हुन चाहदैन तर इमान्दरीपुर्वक गरिएको आलोचनाबाट नै हामी,सिक्न र विकसित हुनसक्छौ ।

५. आफ्नो मान्छे त्यो होइन जुन तस्बिरमा साथमा देखिन्छ , आफ्नो मान्छे त्यो हो जुन परिस्थितिमा र समस्यामा आफ्नो साथमा हुन्छ!

६. भरोसा तक्दिरमा छ भने त्यही पाउछौ जे ईश्वरले लेखिदिएका छन तर यदि भरोसा स्वयं आफै प्रती छ भने ईश्वरले त्यही लेख्नेछन जे तिमी चाहन्छौं ।

७. सम्बन्ध र बाटो तब समाप्त हुन्छ जब खुट्टा हैन मन थाक्छ ।

८. मान्छे गिरेर केही फरक पर्दैन फेरि उठ्न सकिन्छ……तर मान्छेको सोच नै गिरेको छ भने त्यो मान्छे कहिल्यै उठ्न सक्दैन र त्यो मान्छे अरुलाई पनि गिराउन सक्छ।

९. हरेक सम्बन्ध मजबुतनै हुन्छ चाहे त्यो रगतको होस् या भावनाको होस्, कमजोरी त केबल निभाउनेहरुमा हुन्छ।

१०. पृथ्वीमा कुनै यस्तो व्यक्ती हुदैन जसलाई समस्या नहोस् , र कुनै यस्तो समस्या पनि हुदैन जसको समाधान नहोस् ।

११. जीवन गल्ती, असफलता, कमी र उतारचढावको संगम हो । गल्तीबाटै धेरै कुरा सिकिन्छ । गल्तीलाई माफ गर्नु जीवनको नयाँ सुरुवात हो । अपराधबोध, रिस, कुण्ठाजस्ता नकारात्मक भावनामै डुबिरहने हो भने कसरी माथि उठ्न सकिन्छ ? दु:खको नदी तैरिँदै पार गर्नु नै भविष्यको सुखद् किनारमा पुग्नु हो ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!