१. प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू नै पवित्र हुन्छन् ।
२. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
३. हामिले थाहा पाउनु पर्छ की साहस भनेको नडराउनु मात्र होइन बरु डर माथी विजय पाउनु हो । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद पनि अघी बढ्छ ।
४. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो ।
५. हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउँदामा मिल्छ ।
६. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
७. मानवको रुपमा जन्म त सबैले लियो तर सबैको मनमा मानबताले जन्म लिन सकेन ।
८. संसारको सबै भन्दा सस्तो औषधि हासो हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
९.रचनात्मक अभिव्यक्ति र ज्ञानमा प्रसन्नता जगाउन सक्नु गुरूको उत्कृष्ट कला हो ।
१०.मानिस सम्पत्ति नभएर गरिब हुने होइन, भएको सम्पत्ति नचिनेर गरिब हुन्छ।
११.तपाईका महत्वकांक्षा माथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू आफु जस्तै बनाउन प्रयाद गर्दछन् ।