केहि मनछुने लाइनहरु

दिल जित्नको लागि आजकल पैसा लाग्दछ- मनछुने लाइनहरु खण्ड ६

Written by Positive Sansar

जीवनका बिभिन्न पाटोहरुलाई समेटेर हामीले मनछुने लाइनहरुको संकलन पस्कने गरेका छौ, यसमा यहाँले निकै मनपनि पारिदिनु भएको छ । सोही हौसलाको कारण हामीले थप नयाँ मनछुने यथार्थ लाइन थप पस्कदै जानेछौ; यहि क्रममा आज हामीसँग मनछुने लाइनहरु खण्ड ५ प्रस्तुत गर्दै छौ; आशा गर्दछु, अवश्य मन पराउनुहुनेछः

१. तिमिले त रुवाएर राखिदियौ ए जिन्दगी ! जाउ सोध मेरी आमालाई, कति प्यारो थिए म ।

२. किन गर्छौ घमण्ड आफ्नो ठाठमा, मुठी पनि खाली हुन्छ जब पुग्छौ घाटमा ।

३. कसरी थाहा पाउने राम्रो मान्छेको पहिचान ? दुवै नक्कली भइसक्यो आँशु र मुस्कान ।

४. आफुभन्दा धेरै कसैलाइ पनि भरोसा नगर्नु किनकी अध्याँरोले छाया पनि साथ छोडिदिन्छ ।

५. संकटमा परेको हातीलाइ भ्यागुताले पनि लात हान्छ ।

६. पेटमा गएको विषले एकजना व्यक्तिलाई मात्र मार्छ तर कानमा गएको विषले सयकडौ व्यक्तिलाई मार्छ ।

७. जिन्दगी को गजबको कहानी छ, अन्जानले हालखबर सोधिरहेको छ र आफन्तको पत्तै छैन ।

८. हौसला नहार खसेर ए जिन्दगी ! यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ ।

९. सोचेको थिए हरेक मोडमा याद गर्नेछु तिमिलाई तर दुर्भाग्य पुरै सडक सिधा थियो कुनै मोड आएन ।

१०. जमाना खडा छ हातमा ढुङ्गा लिएर, कहाँ सम्म भाग्नु शिशाको भाग्य लिएर ।

११. दिल जित्नको लागि आजकल पैसा लाग्दछ यार !

१२. राम्रो हुन्छन खराब मान्छेहरु जो राम्रो हुनुको नाटक त गर्दैनन ।

About the author

Positive Sansar

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!